बागमती कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। केन्द्रको सत्ता समीकरण फेरिएसँगै बुधवार प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।

साथै कांग्रेसले माओवादीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई दिएको समर्थन पनि फिर्ता लिएको छ। बागमती प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री रहेका थिए।

बागमतीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशी सरकारमा सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *