नेदरल्याण्ड्सविरुद्ध नेपालको ९ विकेटको जित, अनिल र आशिफको अर्धशतक, कुशलको ४ विकेट



काठमाडौं । बलियो टोलि नेदरल्याण्ड्सविरुद्ध नेपालले ९ विकेटको जित हात पारेको छ ।

१३८ रनको लक्ष्य पाएको नेपालका दुई ब्याट्सम्यानको अर्धशतकका मद्दतले १ विकेट गुमाउँदै १६ औं ओभरको  दोस्रो बलमा जित हात पारेको हो ।

नेपालका लागि अनिल शाह र आशिफ शेख दुवैले अर्धशतक बनाएका छन् । नेपालका लागि अनिल शाहले ५७ रन बनाए भने आशिफ शेखले ५४ रन बनाएका थिए ।

त्यसअघि कुशल भुर्तेलले विस्फोटक सुरुवात दिलाउँदै नेपालका लागि ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले कुशल भुर्तेलको शानदार बलिङका साथ बलियो टोलि नेदरल्याण्ड्स १३७ रनमा समेटेको थियो ।

भुर्तेलले ४ विकेट लिएसँगै ३९ ओभरमा १३७ रन बनाउँदै नेदरल्याण्ड्सले नेपाललाई जितका लागि १३८ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि ललितनारायण राजवंशीले २ विकेट लिए भने सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिएका छन् ।

नेदरल्याण्ड्सका लागि स्कट एडवार्डले सर्वाधिक ३३ रन बनाए भने बास डे लिड्डेले २७ रन बनाए । स्कट एडवाडलाई कुशल भुर्तेलले एलबीडब्लू धरापमा पारेका थिए ।

त्यस्तै स्यब्राण्ड इन्डेल्बेचले २३ रन बनाउँदा नोस क्रोसले १२ रन बनाए ।