कांग्रेसका १३ वटै भातृ संगठनद्वारा प्रदर्शनमा सहभागी हुन निर्देशन



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनमा उत्रन सबै भातृ संगठनहरुलाई निर्देशन दिएको छ । केन्द्रीय कार्यालयले भोलि १९ गते सोमबचारका लागि १३ वटै भातृ संगठनलाई देशभरी नै प्रदर्शन गर्न आग्रह गरेको छ ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति निकाल्दै भनेको छ, नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री के।पी। शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं । यस क्रममा भोलि माघ १९ गते नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ ।’

विज्ञप्तिमा, ‘संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं,’ भनिएको छ ।

विज्ञप्ति:

May be an image of text