नेपाली सेनाले सार्वजनिक गर्यो गाैरव आयोजनाको प्रगति विवरण

काठमाडौं । नेपाली सेनाले तराई द्रुतमार्ग सडक आयोजनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।

सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी अनुरुप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको यस काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजना पारदर्शी एवं गुणस्तरीय रुपमा लक्षित समयमै सम्पन्न गर्ने गरी समष्टिगत कार्य योजना अनुसार हालको विश्वव्यापी कोरोना महामारी लगायत विभिन्न चुनौतीको बाबजुद आयोजना निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार अहिले कार्यविवरण अनुसार हाल छैठौ चरणमा चलिरहेको छ । गत आ।ब। को वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२.८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तिय तर्फ ९.५२ प्रतिशत रहेको छ । यस आयोजनाको वित्तीय प्रगति विवरण अनुसार हालसम्मको कुल वित्तिय खर्च १७ अर्व ८३ करोड भइसकेको जनाएको छ ।

त्यस्तै काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६.४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १०.५९ कि.मी. र ढुङ्गा माटोको कट÷फिल गर्नुपर्ने सडकखण्डको लम्बाई ५५.५ कि.मी.रहेको छ । १७५ अर्ब कूल लगानीको अनुमान गरिएको यस आयोजना २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पछिल्लो अवस्थाका केही तस्वीरहरू:

Leave a Reply

Your email address will not be published. Required fields are marked *