सन्दीपको मुद्दामा आज पनि भएन फैसला, भोलि पनि निरन्तर सुनवाइ



काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोपसम्बन्धी मुद्दा बिहीबार पनि ‘हेर्दाहेर्दै’मा परेको छ ।

जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा बिहीबार पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश आएको अदालत स्रोतले जनाएको छ ।

यो मुद्दा आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको हो । अब बाँकी बहस उनैको इजलासमा शुक्रबार निरन्तर हुनेछ ।

सोमवार र मंगलबार सार्वजनिक बिदा परेकाले आइतबारपछि बुधबार बहस भएको थियो । यो मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको थियो ।