सेनाको हवल्दारमा बढुवा भए भलिबलका कप्तान मानबहादुर



काठमाडौं । राष्ट्रिय भलिबल टोलीका‌ कप्तान मानबहादुर श्रेष्ठ नेपाली सेनाको हवल्दारमा बढुवा भएका छन् ।

मानबहादुर नायकबाट हालै हवल्दारमा बढुवा भएका हुन् । २०७१ सालमा सेनामा प्रवेश गरेका मानबहादुर २०७२ सालमा लेस नायक र २०७५ मा नायकमा बढुवा भएका थिए ।

साथै मानबहादुर त्रिभुवन आर्मी क्लबको भलिबल टोलीका सदस्य समेत हुन् ।