सई घिमिरे भक्तपुरस्थित आफ्नै घरमै मृतावस्थामा फेला



काठमाडौं । भक्तपुरमा नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) मृतावस्थामा फेला परेका छन् ।

प्रहरी प्रधानमा कार्यरत सई बालकृष्ण उपाध्याय घिमिरे उनको आप्mनै घरमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरमा प्रहरी निरीक्षक किशोर ढुंगानाकाअनुसार घिमिरे सिपाडोल टौखेलस्थित आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई प्रारम्भिक कार्य गरिएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।