

प्रचण्ड भेट्न बालुवाटार पुगेर देउवा र अोली

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरु भेटघाट जारी रहेको छ ।
आइतबार विहान प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीबीच भेटवार्ता भएको हो ।
भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् ।
टीआरसी विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।