सन्दीपको मुद्दा न्यायाधीश ढकालको इजलासमा, आजै फैसला हुने कति छ त सम्भावना ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान र विश्व क्रिकेटकै स्टार खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाको सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा आज (आइतबार) लाई पेसी तोकिएको छ।

उक्त मुद्दा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेसी परेको छ।

काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन।

लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी थियो। उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो। यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।

तर, पछिल्लो आदेशमा दुवै पक्षका कानुनविद्बाट बहसनोट झिकाउने आदेश भएसँगै आज अन्तिम फैसला हुने सम्भावना प्रबल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *