सेनाका पूर्वजर्नेलसहित ८ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ



ललितपुर । ललितपुरबाट नेपाली सेनाका पूर्वउपरथीसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले जुवाखालमा छापा मारेर पूर्वउपरथीसहित ८ जनालाई पक्राउ गरेको हो ।

मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पक्राउ परेका हुन्। ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएको आशंका गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट १६ लाख ८२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।