गैरे सुरेशले ल्याए तीज गीत ‘हात्ती आयो लसलस’



काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरेश गैरेले तीज गीत सार्वजनिक गरेका छन् । सांगीतिक दुनियाँमा गैरे सुरेशका नामले परिचित सुरेश गैरेले नजिकिँदै गरेको तीजलाइ लक्षित गर्दै ‘हात्ती आयो लसलस’ ल्याएका हुन् ।

पार्वती गैरेका स्वर रहेको उक्त गीतमा शब्द र संगीत सुरेशको रहेको छ । नरेन्द्र वियोगीको एरेन्जमा सार्वजनिक गरिएको उक्त गीत फुलबारी नेपालको युट्युवबाट सार्वजनिक गरिएको छ ।

लामोसमयदेखि आधुनिक गीतमा स्वर र संगीत दिने गरेका गैरेले यसपटक तीज गीतमा पनि संगीत र शब्द कोरेका छन् । संचीता बाेलाखेको मुख्य अभिनय रहेको उक्त भिडियोको निर्देशन संगीत सागर बुर्गाले गरेका छन् ।

गैरेले केही साता अघि भोले शंकर तिम्रो रुपै भयंकर बोलको शिवभजन पनि सार्वजनिक गरेका थिए ।