सशस्त्र र एसएसबीबीच मैत्रीपूर्ण भलिबल, सशस्त्र २-० ले विजयी



पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ अलौ सिवानटोला र भारतको पूर्वी चम्पारण पन्टोका ग्राम पञ्चायत १२ सिवानटोला स्थित एकिकृत सुरक्षा जाँच चौकी (आईसीपी)मा साउन ३० गते एपीएफ नेपाल र एसएसबी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाह र समकक्षी भारतीय सशस्त्र सीमा बलका डिआईजी सुरेश सुब्रमण्यमले उक्त प्रतियोगिताका विजयी खेलाडीहरुलाई शिल्ड तथा मेडल प्रदान गरेका थिए ।

May be an image of 11 people, people playing soccer and text

प्रतियोगितामा नं. १३ गण पर्साले भारतीय एसएसबीको ४७ औँ बटालियन ई कम्पनी आईसीपीको भलिबल टिमलाई २–० को सोझो सेटमा पराजित गरी विजयी भएका थिए ।

मित्रराष्ट्र भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा मैत्रीपुर्ण भलिबल प्रतियोगिता कार्यक्रममा नं.१२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगी र नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायत दुबै देशका सुरक्षाकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।