पोखराको साहित्यिक महोत्सवमा जलवायुका कुरा



पोखरा । हाल जारी नेपाल साहित्य महोत्सवको नवौ“ संस्करणअन्तर्गत दोस्रो दिन ‘जलवायु परिवर्तन र भविष्य’ शीर्षकमा छलफल भएको छ । कार्यक्रममा जलवायु परिवर्तन, नेपालमा ती परिवर्तनले पारेको असर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यस विषयस“ग जोडिएका समस्या समाधानका लागि भइरहेका पहल, नीतिगत एवं संरचनागत प्रयासबारे कुराकानी भएको थियो ।

वक्ताहरू वायुमण्डलीय विज्ञानका अध्येता अरनिको पाण्डे, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव डा. महेश्वर ढकाल र वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्य थिए। जलवायु परिवर्तन र वातावरणको भविष्यसँग जोडिएको विषयमा पनि वक्ताहरूले आआफ्नो अध्ययन, अनुसन्धानसहित धारणा व्यक्त गरे। उनीहरूस“गको छलफल सहजीकरण गरेका थिए रमेश भुसालले । 

हिमाललाई पृष्ठभूमिमा राखेर गरिएको कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरका रुपमा वक्ताहरूले माछापुच्छ«े हिमाललाई प्रस्तुत गरे ।

‘कार्बनडाइअक्साइडले हिउ“ पगाल्छ । साथै दक्षिण एसियामा धेरै उत्पादन हुने ब्ल्याक कार्बनको पनि यसमा भूमिका छ’, उनले भने, ‘विशेषगरी दाउरा बाल्दा, इ“टाभट्टा सञ्चालन गर्दा र सवारी साधनबाट निस्कने कालो धूवाँ हुन्, जसले जलवायुमा असर पार्छ ।’ उनले ब्ल्याक कार्बनले हावा तताउने र हिउ“ पगाल्ने काम गर्ने जानकारी दिए ।

त्यस्तै हिउ“ पग्लिएर ताल र नदी बढाउने, बाढी निम्त्याउने, वर्षा गराउने, खेतीमा असर पार्नेलगायत असरहरूबारे कुरा भएको थियो । तापक्रममा एक डिग्री मात्रको फरकले जाडो दिन घटाउने वा बढाउनेदेखि लामखुट्टे बढ्नेसम्म फरक पार्ने उनको तर्क रह्यो । जलवायु परिवर्तन र यसले पारेको असरबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा छलफल हु“दै आएको बताउ“छन् डा. महेश्वर ढकाल । उनका अनुसार सृजित समस्या न्यूनीकरणका लागि पहल भइरहेको छ ।

सन् १९९० को दशकमा भएको रियो सम्मेलनलगत्तै यो अन्तर्राष्ट्रिय मुद्दाका रूपमा चर्चा भइरहेको छ, जलवायु परिवर्तनको मुद्दा । मूलतः कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूका कारण विकास उन्मुख देशहरूलाई कसरी प्रभाव परेको छर, विकसित देशहरूले कसरी विकास भइरहेका देशलाई जलवायु परिवर्तनसँग जोडिएका समस्या समाधानका लागि सहयोग पु¥याउन सक्छन् भन्ने विषयमा बहस हुने गरेका छन् ।

‘नेपालजस्तो देश मारमा छ । भर्खर विकासतर्फ उन्मुख हामीले केही हदमा कार्बन उत्पादन गर्छौं । यस्तोमा हामीलाई विकसित देशहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि सहयोग पु¥याउनुपर्छ । त्यसका लागि आवश्यक फोरम बनेका छन्’ ढकालले भने । वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्यले भने जलवायु परिवर्तनलाई अन्तर्राष्ट्रिय मुद्दाका रूपमा मात्र हेरिनुलई समस्याका रूपमा व्याख्या गरिन् । समस्या समाधानका लागि सरकार र आम मानिस सँगसँगै रहनुपर्ने उनको बुझाइ छ ।