यी हुन् न्यायाधीशका पिएसओको पेस्तोल चोर्ने दुई चोर !

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सइ) प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको छ ।

खड्काको घरबाट यही ३१ असारमा चोरी गरेका सिन्धुलीका मेघबहादुर तामाङ र सिन्धुपाल्चोकका बासुदेव थामीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

कागेश्वरी मनोहरा नगरपालिका– १ स्थित सइ खड्काको घरबाट गत ३१ असारमा पेस्तोल चोरी भएको थियो। सो पेस्तोल नारायणटार बस्ने तामाङको कोठाबाट बरामद भएको जिल्ला परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

घटनामा सइ खड्कालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी आन्तरिक छानबिन गरिरहेको छ।

त्यस घटनामा संलग्न रहेका तामाङ र थामीले चोरेको आइफोन मोबाइल अनलक गरेपछि ‘क्लु’ पाएर पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *