सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी गुरूङलाई



काठमाडौं । नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरूङले सम्हालेका छन्।

हालका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि महासेनानी गुरूङले निमित्त प्रवक्ताका रूपमा आजदेखि कार्यभार सम्हालेका हुन्।

उपत्यका पृतनामा स्टाफका रूपमा कार्यरत महासेनानी गुरूङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ।