

बलात्कारको अभियोगमा आयोजना निर्देशक पोखरेल पक्राउ

काठमाडौं । मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ ।
इन्जिनियर हरिकुमार पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए ।
घरमा काम गर्ने किशोरीलाई पोखरेलले बलात्कार गरेको आरोप छ । किशोरीले कालीमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिईन् ।
त्रिुपरेश्वरस्थित ब्लुक्रस अस्पतालबाट पक्राउ गरेर इन्जिनियर पोखरेलमाथि अनुसन्धान शुरु गरिएको डिएसपी अधिकारीले बताए ।
यो बलात्कार घटनाबारे सामाजिक सञ्जालमा पनि प्रश्न उठेको थियो ।