सरकारविरुद्धको प्रदर्शनमा कांग्रेस, आज देशभर प्रदर्शन गरिँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्धमा प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका १६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोध गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो।

प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्र पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले भने भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँको दुइटा कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन्।

काठमाडौंको कोटेश्वरमा हुने प्रदर्शनपछिको सभालाई प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

काठमाडौंका दश निर्वाचन क्षेत्रका विभिन्न १५ ठाउँमा आज प्रदर्शन र सभा हुनेछ। अधिकांश प्रदर्शन दिउँसो १ बजेदेखि सुरू हुने कांग्रेसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *