स्वर्गद्वारी घटनामा कारमा सवार आठै जनाको मृत्यु, चालकबाहेक अन्यको पहिचान खुल्न बाँकी



दाङ । स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये कारचालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान अहिलेसम्म खुलेको छैन । प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए ।

उनका अनुसार शव जिल्ला अस्पताल बिजुवार लग्ने तयारी भइरहेको छ । लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन । मृतकहरूमा २ महिला, २ पुरूष र ४ जना बालक रहेको जनाइएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।