सभामुखले संसदलाई दिए रायमाझी पक्राउ परेकाे जानकारी, भए निलम्बित



काठमाडौं । सभामुख देबराज घिमिरेले नेपाल प्रहरीले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको जानकारी गराएका छन ।

आइतवार बुढानिलकण्ठस्थित आफान्तको निवासवाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो । साे जानकारी पछि सभामुख  घिमिरले उनी पत्राउ परेका संसदलाइ जानकारी गराएका हुन ।

नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए ।  ‘सांसद  रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद  सचिवालयमा आएको छ, अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ’ उनले भनेका थिए ।

सभामुखले साे जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि पक्राउ पुर्जि जारी भए पछि पनि उनी ११ दिन देखी फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो ।