डिभीको रिजल्ट आज निस्कँदै, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्…



काठमाडौं । आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ। सन् २०२४ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो।

नेपाली समय अनुसार आज साँझ ९:४५ बजे नतिजा सार्वनिक हुनेछ। अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ।

डिभीको रिजल्ट हेर्नका लागि यहाँ गएर आफ्नो नतिजा हेर्न सक्नुहुनेछ।