प्रहरीका चार एआईजीलाई आईजी कुँवरले लगाइदिए दर्ज्यानी चिन्ह (फोटोफिचर)



काठमाडौं । हालै पदोन्नति भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह (फूली) प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले बढुवा भएका चारै जना प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार डीआईजीबाट एआईजी पदमा पदोन्नति भएका सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह  प्रदान गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।