पढ्न गएका दाङका खिमबहादुरले गुमाए जापानमै ज्यान

दाङ । दाङका एक युवकको जापानमा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका– ३ सिस्नेरी निवासी २२ वर्षीय  खिमबहादुर बुढाको मृत्यु भएको छ।

जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका थिए। आइतबार बिहान मात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो। उनीसँग शुक्रबार मात्रै कुराकानी भएको बुबा कर्णबहादुर बुढाले जानकारी दिए।

उनका अनुसार अघिल्लो वर्षको चैतमा खिम अध्ययनको सिलसिलामा जापान गएका हुन्। ​खिमका बुबा कर्णबहादुर तुलसीपुर उपमहानगरपालिका ३ का वडा सदस्य हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *