बौद्धमा खुल्यो अन्तर्राष्ट्रियस्तरको ‘लोटस स्किन एण्ड हेयर क्लिनिक’



काठमाडौं । राजधानीको बौद्धमा लोटस स्किन एण्ड हेयर क्लिनिक सञ्चालनमा आएको छ । नायिका तथा अभिनेत्री दीपाश्री निरौलाले उद्घाटन गरेको उक्त क्लिनिकमा छाला, कपाल, नङका साथै सौन्दर्य विज्ञहरुबाट सेवा लिन सकिने जनाइएको छ ।

उक्त क्लिनिकमा अन्तर्राष्ट्रिय स्तरको लेजर प्रविधिबाट उपचारका साथै कपाल प्रत्यारोपण, कस्मेटिक सर्जरी, कम्प्युटर प्रविधिबाट छालाको चाउरीपनको उपचार गरिने पनि सञ्चालका अनिता बिमलीले जनाइन् । उनले लामोसमयदेखिको डण्डीफोर र चायाँ पोतोको पनि उपचार हुने बताइन् ।

बिहीबार क्लिनिको उद्घाटन गर्दै अभिनेत्री निरौलाले राजधानीमा विदेशको जस्तै गुणस्तरको सेवा दिने विश्वास राख्दै कसैले पनि यस क्लिनिकमा आएर निराश भएर फर्कन नपर्ने बताइन् । उनले भनिन्, ‘अनुभव र प्रविधिको प्रयोग गरी यहाँबाट ग्राहकहरुले गुणस्तरीय सेवा पाउनुहुनेछ भन्ने मैले विश्वास लिएकी छु ।’

क्लिनिकमा डा. विक्रान्त ढकाल, डा. प्रकाश आचार्य, डा. एल्सा श्रेष्ठका साथै सुशीला श्रेष्ठ, सरस्वती श्रेष्ठ र अनिता खत्रीले कपाल प्रत्यारोपण र छाला रोगका साथै सुन्दरतासम्बन्धी सेवा दिनेछन् ।

लामोसमयदेखिको अनुभवलाई सेवामा परिणत गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस क्लिनिकले सुन्दरताको क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी छाला र कपालको उपचार गरिने सञ्चालिका बिमलीले बताइन् ।

लोटस युनिसेक्स सैलुन र लोटस स्किन एण्ड हेयर क्लिनिकको नामबाट सञ्चालनमा ल्याइएको यस क्लिनिक राजधानीको बौद्धस्थित मुख्य सडकसँगै जोडिएकोले ग्राहकहरुलाई सेवा लिनका लागि सहज हुने पनि बिमलीले बताइन् । उनले भनिन्, ‘एकपटक हामीलाई सेवा गर्ने मौका दिनुहोस्, हामी हजुरहरुलाई अवश्यनै सन्तुष्टी दिनेछौं ।

क्लिनिकमा हेयर केयर, हेयर कटिङ, कलरिङ, स्ट्रेटिङ, केराटिन ट्रिटमेन्ट सहित फेसियल, नेल आर्ट, मेनी केयर, पेडी केयर, ब्राइड मेकअप, हेयर स्पालगायतको सेवा उपलब्ध भएको पनि बिमलीले जनाइन् । उनले उद्घाटनदेखि एक महिनासम्म २५ प्रतिशट विशेष छुटको व्यवस्था गरिएको पनि बताइन् ।