दोस्रो विवाहको तयारीमा श्वेता

काठमाडाैं । नेपाली सिनेक्षेत्री चर्चीत नायिका श्वेता खड्काले यहि मङ्सिर २२ गते विवाह गर्ने पक्का भएको छ ।

नायिका खड्काको प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह पक्का भएको हो। श्वेताको यो दोस्रो विवाह हो । यसअघि श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

श्रीकृष्णको विवाहको एक महिना पछि साउन २५ गते उपचारका क्रममा निधन भएको थियो।र अहिले नायीका श्वेता र विजयन्द्र बीच यहि मङ्सिर २२ गते विवाह हुने छ।

विवाह पक्का भएसँगै नजिकका आफन्त र साथीभाइलाई निम्तो कार्ड समेत बाडिएको छ। विवाह गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । श्वेताले विवाह गर्न लागेका विजयेन्द्र सिंह रावत धनगढीका हुन्।

केहि समय अगाडी मात्रै यी दुई बीच छिट्टै विवाह हुने चर्चा चलेको थियो।त्यसबेला श्वेताले विवाह हुने हल्ला मात्र भएको बताएकी थिइन् ।

विवाह बारे नायिका खड्काले पुष्टि गरेपनि सार्वजनिक रुपमा थप प्रष्ट भने पारेकी छैनन् । श्वेता र विजयन्द्र प्रेम सम्बन्धमा रहेको चर्चा नेपाली चलचित्र वृत्तमा केहि समय देखि चलिरहेको छ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन्। साथै समाजसेवामा पनि उनको सक्रियता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *