कैलाश एयरको हेलिकोप्टरमा चील ठाेक्किएपछि बेलकोटगढीमा अवतरण



काठमाडौं । बाग्लुङको गल्कोटबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर नुवाकोटको बेलकोटगढीमा आकस्मिक अवतरण गरेको छ ।

नुवाकोटको आकाशमा आइपुग्दा हेलिकोप्टरमा चील ठोकिएपछि आकस्मिक अवतरण गरेको प्रहरीले जनाएको छ ।

कैलाश एयरको उक्त हेलिकोप्टर बाग्लुङमा ५ यात्री लिएर काठमाडौं आउँदै गरेको जनाइएको छ । हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य लागेको जनाइएको छ ।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।