गायक खुमन अधिकारीलाई पितृशोक



स्याङ्जा । गायक खुमन अधिकारीलाई पितृशोक परेको छ । गायक अधिकारीका बुवा मुक्तिराम अधिकारीको मंगलबार राती निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

८१ वर्षीय अधिकारी लामो समयदेखि बिरामी रहेका थिए ।

दशैं अघिसम्म काठमाडौंमै उपचार गराईरहेका अधिकाररीको स्वास्थ्यमा सुधार आएपछि स्याङ्जाको गुरुङ्दीस्थित घरमा लगिएको थियो । तर, मंगलबार  बिहानदेखि एक्कासी स्वास्थ्य अवस्था बिग्रिएका अधिकारीको राती निधन भएको गायक अधिकारीले जनाएका छन् ।

काठमाडाैंमा रहेका खुमन आइपुग्ने बित्तिकै बुधबार अन्तेष्टी गरिने उनको परिवारजनले जनाएका छन् । स्वर्गीय अधिकारीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । गायक अधिकारी कान्छा छोरा हुन् ।