सशस्त्रका जवानले घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि…

वीरगञ्ज । सशस्त्र प्रहरी बलमा कार्यरत एक जवानले आत्महत्याको प्रयास गरेका छन्।

सशस्त्र प्रहरी बलको १२ नम्बर गण बाराका सशस्त्र प्रहरी जवान घनश्याम चौधरीले आफैँले बोकेको खुकुरीले घाँटी रेटेर आत्महत्या प्रयास गरेका हुन्।

अवस्था गम्भीर रहेका उनको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको गणले जनाएको छ।

घटनाबारे विस्तृत जानकारी भने प्राप्त भइसकेको छैन । आत्महत्याको प्रयासको कारण नखुलिसकेकोले उनको उपचारकै क्रममा अनुसन्धान पनि सुरू गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *