

संविधान दिवसमा को-को पत्रकार र सञ्चारकर्मीले पाए पद्वी ?

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसको अवसरमा ९९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् ।
घोषित सूचीमा केही पत्रकार र सञ्चारकर्मीहरुको नाम पनि समेटिएको छ ।
संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सञ्चारकर्मी तारा भूषण दाहाल (भूषण दाहाल)लाई सुप्रबल जनसेवाश्री दिने घोषणा गरेकी छन् ।
प्रबल जनसेवाश्री पत्रकारहरु जीवन प्रसाद पाण्डे, कृष्णप्रसाद बास्तोला, लक्ष्मीप्रसाद उपाध्याय र प्रकाशचन्द्र सुवेदी, सञ्चारकर्मीहरु सुरजसिंह ठकुरी र नारायण प्रसाद अधिकारी र फोटो पत्रकार हरि गोपाल प्रधानलाई दिने घोषणा गरिएको छ ।
पत्रकार शिब बहादुर पुरी, वैद्यनाथ झा, शेर बहादुर सिंह, बिमला भण्डारी, दिलीप पौडेल, बाला अधिकारी, राजन कुइँकेल, बिमल योगी, अजयराज बम र सञ्चारकर्मी दुर्गा अधिकारीलाई जनसेवाश्री दिने घोषणा गरिएको छ ।
राष्ट्र यशोवद्र्धक पत्रकार लोकमणि पौडेललाई विभूषित गर्ने घोषणा राष्ट्रपतिले गरेकी छन् । नेपाल सेवा प्रवीणबाट रोशन बहादुर खड्का, अभिशेख सोनी, चेतन पन्त, यमलाल भुषाल, गोपाल कुमार झा, प्रकाश अधिकारी, टेकराज जोशी र उर्बशी बस्न्यातलाई दिने घोषणा गरिएको छ ।
यस्तै पत्रकार बद्री प्रसाद तिमल्सिनालाई समाजसेवा रत्न प्रदान गरिने भएको छ ।