

आज पनि एमाले सचिवालय बैठक बस्दै

भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ ।
अहिले बिहान ११ बजे बैठकमा आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्ने बारे छलफल हुने जनाइएको छ ।
शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि आज पनि दोस्रो दिन बैठक बस्न लागेको हो । आजको बैठकले उम्मेदवारको सूची तयार गर्ने नेताहरूले बताएका छन् ।
शनिबारको बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।