

नेपाली सेनाको कमाण्डमा चिप्लेर लडेका शिक्षकको खोँचबाट गरियो उद्धार

मेलम्ची । नेपाली सेनाको कमाण्डमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका—१ ठाडो खोलामा नुहाएर फर्कने क्रममा चिप्लिएर बगेका शिक्षक केशव सिवाकोटीको सकुशल उद्धार गरिएको छ ।
दोलखाको कालिञ्चोक–३ स्थायी घर भएका ३७ वर्षे सिवाकोटीलाई आइतबार बिहान स्थानीय ठाडो खोलाको खोँचमा अड्किएको अबस्थामा फेला परेका थिए । चिप्लिएर बगेका शिक्षक केशव सिवाकोटीको सकुशल उद्धार गरिएको छ ।
शनिबार बगेका उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।
सिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहे पनि थप उपचारको निम्ति काठमाडौँ लगिएको छ ।
उद्धारका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकायहरु जुटेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट गरिएको उद्धारकार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि सहभागी थिए ।