

उच्च अदालतद्वारा व्यवसायी श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले एक अर्ब बढी जरिवाना माग गरेका क्रिप्टो व्यवसायी श्रेष्ठलाई उच्चले १५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गत असार २९ गते पक्राउ गरेको थियो।
गत बिहीबार न्यायाधीश राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त इजलासले श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
पक्राउ परेसँगै अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागि जिल्ला परिसर काठमाडौंमा पठाएको थियो । परिसरले अदालतमा पेश गरेपछि काठमाडौं जिल्ला अदालतले साउन २४ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
जिल्लाको आदेशपछि डिल्लीबजार कार्यालयमा एक महिना अघिदेखि रहेका श्रेष्ठले उच्च अदालत पाटनमा पुनरावेदन गरेपछि उच्चाको आदेशपछि धरौटी बुझाएसँगै आजै रिहा भएका हुन् ।