

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग बयान आज पनि लिइँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज पनि हुँदै छ ।
महाअभियोग सिफारिस समितिको आजको बैठकमा जबराको बयान हुने छ ।
जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए । त्यसलगत्तै उनी पदबाट निलम्बनमा परेका थिए ।
महाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको थियो । बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव निरर्थक भएको बताएका छन् ।