

आशा छ, कानुन सबैका लागि बराबरी हुन्छः सन्दीप लामिछाने

काठमाडौं । सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । बलात्कारको आरोप लागेपछि पहिलोपटक सामाजिक सञ्जालमार्फत् सन्दीपले आफू निर्दोष रहेको र आफूले नेपालको कानुनलाई विश्वास गर्ने बताएका छन् ।
सन्दीपले सामाजिक सञ्जालमार्फत् आफू सिपिएलको केही खेलपछि नेपाल फर्कने जनाउँदै आफूले सबै आधारहिन आरोपहरुको सामना गर्ने बनाएका छन् ।
उनले आफूले कानुन सबैका लागि बराबरी भएकोमा आशावादी रहँदै अनुसन्धानबाट त्यो सत्यता प्रष्ट हुने आशावादी समेत रहेको बताएका छन् ।