

सेनामा ४ हजारका लागि जागिर खुल्यो, कहाँ र कहिलेसम्म आवेदन दिने ? (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ ।
खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ ।
आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एकहप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।