

कस-कसले गर्दैछन् त माओवादी केन्द्रको महासचिवमा दाबी ?

काठमाडौं । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको महासचिवमा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् ।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका हुन् ।
नेताद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्ने सन्देश गएको भन्दै छिटो टुंग्याउन आग्रह गरेका थिए ।