

काठमाडौंमा १०७ सहित नेपालमा थप ५४२ मा कोरोना संक्रमण

काठमाडौं । नेपालमा गत २४ घन्टामा ५४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ४९३० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार उक्त अवधिमा काठमाडौंमा १०७, ललितपुरमा ३० र भक्तपुरमा ६ जना कोरोना संक्रमित थपिएसँगै उपत्यकामा १४३ संक्रमित थपिएका छन्र ।
मन्त्रालयका अनुसार गत एक दिनमा देशभर ४२१ जना संक्रमित कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् भने कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् ।
त्यस्तै गत २४ घन्टामा देशभर ९७६५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २६५ रहेको छ ।