

नुवाकोट केन्द्रबिन्दु बनाउँदै एकाबिहानै भूकम्प

काठमाडौं । राजधानीको छिमेकी जिल्ला नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।
काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ। भूकम्पका कारण राजधानी नुवाकोट क्षेत्रका मानिसहरु घर बाहिर निस्किएका थिए ।
यसअघि आइतबार बिहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।
केन्द्रका अनुसार २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पकै रूपमा यी स–साना भूकम्प भइरहेका हुन्।