

अरूणखोलामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा मंगलबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बिहान ११ बजेतिरको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००८ ख १७०१ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँ निवासी ६५ वर्षका मान बहादुर दमै लाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको हो ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोस्टमार्टमको लागि मध्यविन्दु जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।