

प्रेस युनियन निर्वाचनः ४११ मत गन्न बाँकी हुँदा लम्साल ११५ मतले अगाडी, महासचिवमा पौडेलको जित निश्चित !

हेटौंडा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार अध्यक्षमा शिव लम्सालले अग्रता बढाउँदै लगेका छन् ।
अहिलेसम्म गणना गरिएको ९ सय ७२ मतमा लम्सालले ५३१ मत ल्याएका छन् भने संस्थापन पक्षकी अनिता बिन्दुले ४ सय १६ मत प्राप्त गरेकी छिन् । जसअनुसार लम्सालले ११५ मतको अग्रता लिएका छन् ।
त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेलले भारी मतले अग्रता कायम गरेका छन् । उनले ६४७ मत ल्याउँदा प्रतिद्वन्द्वी जगन्नाथ दुलालले २९२ मत ल्याएका छन् । यससँगै पौडेल ३५५ मतले अगाडी रहेका छन् ।
कुल खसेको १३८३ मत मध्ये अब गणना हुन बाँकी ४११ मत रहेको छ । जसबाट अब महासचिवमा पौडेलको जित निश्चित बनेको छ ।
जारी मतगणनाअनुसार लम्सालले सुरू देखि नै अग्रता लिइरहेका छन् । मतगणनाअनुसार युनियनमा अधिकांश पदहरूमा संस्थापन इतरका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् ।