

बुलिङटारमा भतिजोलाई बन्चरो प्रहार गर्ने काका पक्राउ

नवलपुर । नवलपुरको बुलिङटारमा काकाले आफ्नै भतिजलाई बन्चरो प्रहार गरि गम्भिर घाइते बनाएका छन् ।
बुलिङटार गाँउपालिका वडा नं. ३ बगैचामा ६४ वर्षका पदम बहादुर कुमालले ३२ वर्षका देवीराम कुमाल माथि बन्चरो प्रहार गरेका हुन् ।
घरमा खाना खाइरहेका देवराम माथी काका पदमले पछाडीबाट टाउकोमा बन्चरो प्रहार गरेको प्रहरीचौकी बुलिङटारले जनाएको छ ।
बन्चरो प्रहारबाट गम्भिर घाइते भएका कुमाललाई थप उपचारका लागि पोखरा लगिएको छ ।
भतिजमाथी बन्चरो प्रहार गर्ने पदम बहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।