

बाढीले डाइभर्सन बगाएपछि नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध

नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा अहिले ठूलो बाढी आएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाईभर्सन बाढीले बगाएको हो ।
बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प छन् । बाटो खुलाउनका लागि केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए ।