

‘स्टन्डम्यान’ आलेको बहिगर्मनसँगै देउवाले गरे मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । देउवाले एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गरेका हुन् । माओवादी र कांग्रेसका मन्त्रीहरुलाई मन्त्रिपरिषद्मा यथावत राखिएको छ ।
देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
मन्त्री भएदेखि नै स्टन्डम्यानका रुपमा काम गर्दै आएका प्रेम आले, किसन श्रेष्ठले तुलनात्मक रुपमा राम्रै काम गरेका थिए । उनीहरुको राम्रो कामका कारण नयाँ आउने मन्त्रीहरुलाई चुनौती थपिएको एक नवनियुक्त मन्त्रीले बताएका छन् । उनले भने, ‘उहाँहरुको पर्फमेन्स राम्रो थियो, त्यसलाई पूर्णता दिनु अब चुनौती देखिन्छ ।’
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार २४ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ ।