

तीन कक्षाकी छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

गुल्मी । गुल्मीको रुरु गाउँपालिकास्थित प्रतिभा आधारभूत विद्यालयका एक शिक्षक कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले थानपतीस्थित उक्त विद्यालयमा अध्यापन गराउँदै आएका ती शिक्षकलाई पक्राउ गरिएको बताए ।
बालिकाका अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरीमा दिएपछि ती शिक्षकलाई पक्रेर अनुसन्धान गरिरहेको डिएसपी खरेलले बताए । ती शिक्षकले बालिकालाई विद्यालय समयमै यौनजन्य अस्वाभाविक कार्य गरेको आरोप छ ।