रवि लामिछानेको राजनैतिक यात्रा सुरु, असार ७ मा योजना सार्वजनिक गर्ने

काठमाडौं । ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं पत्रकार रवि लामिछानेले आजदेखि आफूले पत्रकारिता छाडेर राजनीतिमा लागेको घोषणा गरेका छन्। लामिछानेले एक भिडियो सन्देशमार्फत् ग्यालेक्सी टेलिभिजनबाट राजीनामा गरेर राजनीतिमा आएको बताएका छन्।

उनले आफू परिस्थितिले राजनीतिज्ञ बनेको बताएका छन्।

लामिछानेले असार ७ गते राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी योजना सार्वजनिक गर्ने बताए । उनले कुन स्थानबाट चुनाव लड्ने भने अहिलेसम्म निश्चित नगरिसकेको पनि जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *