

पूर्वप्रधानसेनापति कटवाल अस्पताल भर्ना, दुवै मिर्गौला फेल भएपछि प्रत्यारोपणको तयारी गरिँदै

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
कटवलाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनको अहिले डायलासिस चलिरहेको जनाइएको छ । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार उनको अहिले प्रत्यारोपणको तयारी थालिको छ।
केही समयअघि कटवालको प्रोष्टेडको शल्यक्रिया गरिएको थियो।