

पोखरामा बसको ठक्करबाट घिरिङका लामिछानेको मृत्यु

पोखरा – कास्कीको पोखरा महानगरपालिका- २७ अर्घोचोकमा हिजो बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा तनँहुको घिरिङ गाउँपालिका-१ घर भई हाल अर्घोचोक बस्ने अन्दाजी ६५ बर्षीय राजी भनेर चिनिने इमराज लामिछाने रहेका छन्।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजे मृत्यु भएको हो। पोखराबाट तनँहुतर्फ जाँदै गरेको ना७ख ४९७६ नम्बरको बसले हिजो बेलुकी पौने ९ बजे पैदलयात्री लामिछानेलाई ठक्कर दिएको थियो।
बस चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ।