

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो ।
निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
सरकारले बजेटमार्फत् कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो ।