यस्तो अवस्थामा भेटियो तारा एयरको जहाज (तस्बिरहरू)

काठमाडौं । तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

आइतबार बिहानदेखि बेपत्ता भएको जहाज मुस्ताङको थसाङ गाउँपालिका–२ सानोस्वरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ।

आज बिहानैदेखि खोजीकार्यमा हिँडेको नेपाली सेनाको टोलीले जहाज भेटा‍एको हो।

अहिले मौसम खुलेको हुनाले सेनाको सानो हेलिकप्टर त्यहाँ जाँदै छ।

तस्वीरः सुशीलबाबु थकाली

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *