

को-को छन् त हराइरहेको तारा एयरको जहाजमा ? (नामसहित)
काठमाडौं – १९ यात्रुसहित पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान मुस्ताङको टीटी नजिकैबाट दुर्घटना भएको खबर भए पनि पुष्टी भने भइ सकेकाे छैन ।
उक्त स्थानमा ठूलाे आवाज सुनिएको स्थानीयबासीले प्रहरीलाई जनाएका छन् ।
उक्त विमानमा ३ जना चालकदल र १९ यात्रुसहित २२ जना रहेको जनाइएको छ ।
उक्त जहाज क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य उत्सव पोखरेलले उडाएको जनाइएको छ ।
यात्रुहरुमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, माइक ग्रीट ग्राफ, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, उवे विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरले जनाएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको उक्त घटनाको विस्तृत विवरण आइसकेको छैन । सो क्षेत्रमा बाक्लो बादलका कारण सम्पर्कबिहीन भएको हुनाले जहाजबारे खोजविन सुरु भएको छ । (विस्तृत विवरण आउन बाँकी)