

स्थानीय निर्वाचनः सबैभन्दा ठुलो मतपत्र काठमाडौंको, सानो डोल्पाको

काठमाडौं । काठमाडौं जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाई हुने भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ ।
‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुनेछन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।’